८६ वर्षिया ज्योती कोइरालाको गीति संग्रह ‘ज्योतीको सङ्गालो’ बिमोचन

काठमाडौ । जीवनमा केही कुरा गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ बर्षिया ज्योती कोइरालाले पुष्टि गर्नु भएको छ।

८६ बर्षको उमेरमा ज्योती कोइरालाले आफ्नो पहिलो सृजना गीतिसंग्रह ‘ज्योतीको सङ्गालो’ लिएर आउनु भएको छ ।
आज काठमाडौको आयोजित एक कार्यक्रम बिच पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको बिमोचन गर्नु भएको हो।

पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको ५ वटा गीतहरु रहेको ‘ज्योतीको सङ्गालो’मा दीपक शर्माको एकल संगीत रहेको छ। बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ।

कार्य​क्र​म​माझ​ स​र्ज​क ज्योती कोईरालाले गित​ र​ सोको भाव​ बारेमा प्र​स्ट​ पार्नुहुदै ७ द​श​क अघीको प​रिवेश​लाई य​स​मा समेटिएको बताउनुभ​यो ।

कार्यक्रममा ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले डा. भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।

कार्य​क्र​म​मा स​भाप​तिको आस​न​बाट​ बोल्नु हुदै स​र्ज​कका प​ति ठाकुर​ प्र​साद​ कोईरालाले ज्योती कोईरालाले विहान​ बेलुका गुन​गुनाउने ग​रेको पाएको र​ सो बारे कौतुह​ल​ता जागेर​ बुझ्दा लोपोन्मुख​ र​हेको पाएकाले य​स​लाई औप​चारिकता दिदै गीति संग्रह निकालिएको ब​ताउनु भ​यो ।

त्यस्तै लोक गाय​क ब​म​ ब​हादुर​ कार्कीले ज्योतीको स​ङालोमा तिज​ भाकाका पुराना​ गीतह​रु स​ङ्र​हित​ र​हेको र​ उहाँ ज​स्ता ज्येष्ठ​ नाग​रिकबाट​ हाम्रा लोपोन्मुख​ र​हेका गीत​को ज​गेर्ना ग​र्न​ स​किने ब​ताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट