कमेडी दरबारको पहिलो झलक सार्वजनिक

काठमाडौं । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको नयाँ टेलिभिजन शो ‘कमेडी दरबार’को पहिलो झलक सार्वजनिक भएको छ ।

पोस्टरमा सदाबहार अभिनेत्री गौरी मल्ल र चर्चित कलाकार बिजय बराललाई देख्न सकिन्छ ।

हरेक कार्यक्रममा फरक प्रस्तुति दिन अब्बल कमेडियन तथा निर्देशक अग्रवालले यो शो पनि फरक पाउने जानकारी ओहो पोष्टलाई दिएका छन् ।

कमेडी दरबारमा कलाकारहरुको जम्बो टोली देख्न सकिन्छ । जसमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, नायिका नम्रता सापकोटा, कमेडियन पवन खतिवडा, कमेडी च्याम्पियन विजेता हिमेश पन्त, कमेडियन सुन्दर खनाल, कलाकार मिस पवी, कलाकार प्रियना आचार्य र कमेडियन उत्सव सापकोटा छन् ।

कार्यक्रमलाई बिक्की र श्रद्धाले निर्देशन गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट