मनाङ्गमा छायाँकन गरिएको हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक

काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाई आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढेको छ । यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् ।

नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् । त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुँदा पछिल्लो समय केहि नेपाली म्युजिक भिडियो मेकरहरुले हिन्दी गीतको समेत निर्माणमा ध्यान दिन थालेका छन् । यस्तैमा बिगत लामो समयदेखि अग्रणी रुपमा नेपाली गीतहरुको निर्माण गर्दै आइरहेको कम्पनी भवसागर इन्टरटेन्टमेन्टले हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक गरेको छ ।

अम्बिका गुरुङको शब्दरचना र शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीतमा तयार ‘तस्बिर’ गीतमा इस्माइल दासको स्वर रहेको छ । गीतलाई याकुब तामाङले एरेन्ज गरेका हुन् । बिशेषत् हिन्दी गीतको बजार संसारभरनै धेरै ठुलो रुपमा फैलिएको र त्यसमा आफ्नो करियर खोज्दै धेरै नेपालीहरु अहिले पनि मुम्बईमा संघर्ष गरिरहेका छन् ।

गीतको अडियो भिडियो मेकिङ्गलाई हेर्दा हामीले यहि पनि धेरै राम्रो हिन्दी गीतहरु निर्माण गर्न सक्छौं भन्ने देखिन्छ। गीतको भिडियोलाई मनाङ्ग जिल्लाको उच्च हिमाली लोकेसनमा छायांकन गरिएको छ ।

केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, मिलन श्रेष्ठ र बन्दे प्रसादको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट