काठमाडौंको सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाईन एक्स्पो’ सुरु

  1. काठमाण्डौ ।। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो सुरु भएको छ । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको व्यवस्थापनमा ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु भएको हो ।

‘स्पेस एण्ड डिजाइन’ एक्स्पोको उद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेकि हुन् । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनमा अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्वलाई उजागर गर्नका लागि एक्स्पोको भुमिका महत्वपूर्ण हुने उपप्रमुख सुनिता डंगोलले बताइन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र पब्लिक च्याइस विधामा उत्कृष्ट हुनेलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिने छ । एक्स्पो भोलि सनिवार सम्म चल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट