रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा, अमन प्रताप अधिकारीले निर्देशन गर्ने

काठमाडौं । बजारमा नयाँ–नयाँ रियालिटी शोहरु आउने क्रम जारी छ । अहिले पनि टेलिभिजनमा शोहरु प्रसारण भइरहेका नै छन् । गायन, नृत्य, कमेडीजस्ता शोलाई दर्शकहरुले मनपराएको देखिन्छ । यसैक्रममा फरक विषयमा नयाँ रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने उद्देश्यले यो रियालिटी शो घोषणा गरिएको हो । औपचारिक घोषणासँगै कार्यक्रमका लागी डिजिटल अडिसन समेत खुलाइएको छ ।

प्रतियोगिताको लागी विश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागी निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।

‘द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य हुनेछन् भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने छन् । कार्यक्रमलाई अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।

‘द स्पिकिङ्ग टाइटन’को ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटल तर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम साताबाट टेलिभिजनमा प्रशारण गरिने निर्माण पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट