काठमाडौं । गायक विजय घिमिरे (भि जे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ। आर एन बी शैलीको उक्त गीत लाई भि जे, जे अथर र युबेनब्लाकले संयुक्त रुपमा लेखेका छन् भने गीतको बिट जे अथर ले बनाएका हुन्।
यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भी जे) र साथीहरुले उतै गीतको म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैलीको गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोताहरुलाइ मन पर्ने गायकको विश्वास छ। गीतको भिडियोलाइ भी जे म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
यसअघि गायक (भि जे)ले बेहुली, आइ लब यु, तिम्रो मेरो माया लगायत गीत सार्वजनिक गरिसकेका छन्।
