नारीप्रधान चलचित्र ‘सतीदेवी’ साउन ४ गतेबाट देशभर

काठमाडौँ।  चलचित्र ‘सतीदेवी’ को रिलिज मिति घोषणा गरिएको छ। यो चलचित्र साउन ४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको  हो ।

बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोह अवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण यस चलचित्रले बोल्ने लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए। चलचित्रले नारीको कथालाई निकै गम्भीरताको साथ प्रस्तुत गरेको छ ।

नारीको कथा बोल्ने चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,संदेश लिम्बु,पवन केसी,जगदीश अधिकारी लगायतको अभिनय रहेको छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी छन् ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङ,तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा,सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो। सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको थियो।
चलचित्र वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट