मुन्द्रेको शो बन्द, दिपा र विशालको कमेडी नाइट चाँडै आउने

काठमाडौं, २४ । सुरुवात नै उत्साहजनक हुन नसकेको हास्यकलाकार जितु नेपालको कमेडी टिभी शो ‘मुन्द्रेको कमेडी क्लब’ अन्ततः बन्द भएको छ ।

पछिल्लो चोटी जस्तै यसपाली पनि जितुले सामाजिक सञ्जालमार्फत शो बन्द गर्नु परेको लेखेका छन् । उनले ‘मुन्द्रेको कमेडी क्लब’ शो अब नबन्ने समेत भनेका छन् ।

‘हामीले कार्यक्रम रोकेका छौं । मुन्द्रेको कमेडी क्लबले तीन सिजनसम्मको यात्रा तय गरिसक्यो । यो पनि हाम्रो लागि ठूलो उपलब्धि हो’ उनले सुनाए, ‘अब म मुन्द्रेको कमेडी क्लब नै ल्याउदिनँ । फरक खालको कार्यक्रम ल्याउँछु ।

‘मुन्द्रेको कमेडी क्लब’ तिनै सिजन गरि अहिले सम्म १८४ एपिसोड प्रसारण भईसकेको छ तर भ्युज भने सन्तोषजनक देखिदैन । भर्खरै बन्द भएको अर्को यस्तै टिभी शो ‘कमेडी क्लब विथ च्याम्पियन २:०’ले भने अघिल्लो शोको नामको कमेडी शोको हाइपको कारण पनि भ्युज बटुल्न सकेको थियो।

उता विशाल भण्डारीले पनि दिपाश्री निरौला सहितको पुरानै टिम तर नयाँ नाम र नयाँ प्रस्तुतिमा शो ल्याउँदैछन् । हाल फिल्म महाजात्रा सँग नेपाल टुरमा रहेका भण्डारी अनि दिपाको शोको निकैनै प्रचारबाजी चलिरहेको छ।

क्लबको ठाउँमा नाइट नाम राखेर ‘कमेडी नाइट विथ च्याम्पियन’ आउने भएको हो। यो शो दर्शकले निकैनै रुचाएका थिए, यसको हाराहारीमा समेत अरु यस्तै प्रकारका शोहरु पुग्न भने अहिलेसम्म सकेका छैनन्। यो पनि एक कारण हुन् सक्छ शोहरू बन्द हुनुमा ।

त्यसमाथि खर्चिलो प्रोडक्सन, कलाकार-प्राबिधिकको पारिश्रमिक महंगिनु र बजार बढ्नुको सट्टा घट्नु पनि शोहरु बन्द हुनुका अन्य कारणहरु हुन सक्छन। उस्तै प्रकारका रियालिटी र यस्ता टिभी शोहरु धेरै निर्माण हुन थाल्नुले पनि नेपाली बिज्ञापन बजारमा निकै असर गरेको विश्लेषकहरुको बुझाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट