काठमाडौं, २३ फागुन । रास्वपा सरकारमा सहभागी हुने भएपछि रवि लामिछानेको चौतर्फी विरोध हुन थालेको छ ।
रवि पनि पुरानो पार्टी जस्तै सत्ता लिप्त भए, आफु सरकार बाहिर रहँदा उनै ओली प्रचण्डलाई गाली गर्ने रवि अहिले प्रचण्डको काँध थाप्न पुगेका छन् भन्दै जनताले आलोचना गरिरहेका छन् । तर, रविलाई जस्तोसुकै अवस्थामा पनि साथ दिने समर्थकहरुले भने प्रतिपक्षमा बसेर जनताको काम गर्न नसकिने, आफुसँग काम गर्न अधिकार नहुने भएकाले सरकारमै गएर जनताको काम गर्नुपर्ने भनाई राखेका छन् ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरिसकेको छ । रास्वपामा अरु पार्टीभन्दा फरक चाहिं के देखियो भने, ४ जना नै युवा र जोशले भरिपूर्ण मन्त्रीहरु बन्दैछन् ।
पाका नेताहरु देखिरहेका जनताले यो पाली रास्वपाका ४ जना युवाहरु पनि देख्नेछन् । तर काम कत्तिको गर्नेछन् भन्ने कुरा चाहिं समयले बताउला । कडा आलोचनाका बिच सरकारमा गएको रास्वपालाई काम गर्ने वातावरण कत्तिको दिन्छ पनि हेर्नुछ ।
सधैं मुद्धा हालेर भाइरल बनेका युवराज पौडेलले सार्वजनिक कार्यक्रममा नै रवि सरकारमा जाने पक्का भएपछि २ दिनमा नै पद फुस्काइदिने धम्की दिएका छन् । युवराजलाई रविसँग केको रिस ? कतै रवि गृहमन्त्री भएपछि आफुलाई खोरमा जाक्लान् भनेर डराएको त होइन ?
अब गृहमन्त्री भएपछि रविको पहिलो काम के होला त ? देशको लागि काम गर्लान् कि आफूलाई लागेको आरोप वा लान्छना पन्छाउन समय व्यतित गर्लान् ? कतै युवराज जस्ता व्यक्तिहरुका लागि खतराको घण्टी पो बजाउलान् कि ?
