कुँवरको नेतृत्वमा नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ काठमाडौं

काठमाडौं, २३ फागुन । नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ काठमाडौँले नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन गरेको छ।

सोमवार संघको नवौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन काठमाण्डौमा संपन्न भएको हो।

नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संपन्न भएको हो।

नवौं बार्षिक साधारण सभामा अधिवेशनवाट आगामी तीन बर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन ।

प्रमुख अतिथिको समुपस्थितिमा महेश कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ। जसअनुसार अध्यक्षमा महेश कुंवर, उपाध्यक्षहरुमा दानवहादुर बोगटी र अरुण शर्मा रहेका छन्।

त्यस्तै, सचिव तारा बहादुर कटुवाल (अर्जुन), सहसचिव नेत्र वहादुर अधिकारी, कोषाध्यक्ष खेमराज आचार्य, सहकोषाध्यक्ष शालिकराम श्रेष्ठ (सुरज) छन्। त्यसैगरी सदस्यहरुमा खड्ग बहादुर कार्की, उदिस पोखरेल, अकुरराज गिरी, शालिकराम अधिकारी, संतोष श्रेष्ठ, श्यामकृष्ण खड्गी, रामहरि रिमाल र दीपेन्द्र श्रेष्ठ रहेका छन् अधिवेशनवाट आगामी तीन बर्षका लागि चुनिएका पदाधिकारीहरुको पदस्थापना समारोह सोमवार नै सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट