स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा जर्मनीलाई २-१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्पेनका लागि डेनी अल्मोले ५१ मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिए भने जर्मनीले ८९ मिनेटमा बराबरी गरी खेललाई रोमाञ्चक मोडमा पुर्याएको थियो ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको ११९ मिनेटमा मिकेल मेरिनोले उत्कृष्ट हेड गर्दै स्पेनलाई जित दिलाए ।
पहिलो पटक आयोजक टिम क्वाटरफाइनलबाट बाहिरिएको छ ।
