नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा दिई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो।
प्रमुख सचेतक रमेश लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए।
‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ, उनले भने, एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ। तर संविधानअनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ।’
