टी-२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान बिच खेल हुने

काठमाडौं ! आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको १९ औं क्रीकेट खेल जुन ९ आज अर्थात् आईतबार बेलुका ८:१५ मा इन्डिया vs पाकिस्तान खेल्दै छन् । यस खेल अमेरिकाको न्यू योर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ।

आजको खेल अरु खेलहरु भन्दा निकै महत्वपूर्ण मानिएको छ। दुवै टीम समुह ए मा रहेको छन्। टी -२० विश्वकपमा दुवै राष्ट्रले १-१ पटक ट्रफी जितेका छन्।

टि -२० बरियतामा इन्डिया १ औँ र पाकिस्तान ६ औं स्थानमा छ । आइसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत क्रिकेट खेल दुवै टिमले १-१ खेल खेलेको थिए। इन्डियाले पहिलो खेलमा आयरल्याण्डविरुद्ध विजय हासिल गरेको थियो भने पाकिस्तान ले अमेरिकासँग को खेलमा पराजीत भएको थियो । यो सँगै इंडियाको २ अङ्क रहेको छ भने पाकिस्तान अङ्क विहिन रहेको छ।

यस अघि टि-२० खेलमा दुवै टिम १२ पटक आमुम्ने सामुन्ने भएको थिए जसमध्ये ८ पटक इन्डियाले जितेको थियो भने ३ पटक पाकिस्तान ले जितेको थियो र १ खेलको नतिजा आएको थिएन। आजको खेलमा इन्डियाले जितेमा ४ अङ्क जोड्नेछ भने पाकिस्तानले जीत हासिल गर्यो भने खाता खोल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट