प्रियंका कार्की अभिनित वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायत ३५० भन्दाबढी कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजको हरेक एपिसोड १ घण्टा लामो रहेको छ ।

नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
नेपाल तथा भारतमा समेत चर्चित सुजय योङको निर्देशन रहेको सिरिज उनको नेपाली डेव्यु सिरिज समेत हो । यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । यो एकदमै भिन्न कथा होइन तर भिन्न तरिकाले देखाउने प्रयास गरेका छौं’, निर्देशक योङले भने ।

साहु बाले प्रेम र विश्वासघातको कथा उठाएको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट