फिल्म ‘सतीदेवी’को टिजरमा सतीदेवीलाई कालोमोसो र जुत्ताको माला (भिडियो सहित)

काठमाडौँ । फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक भएको टिजरमा छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट गर्ने श्रीमान् , छोरीहरूले भोगेको पीडा र गाउँबाट कालोमोसो र जुत्ताको मालासहित निकालिएकि सतीदेवीलाई देखाइएको छ।

फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छ्न्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ।

फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ।

आगामी साउन चार गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन।फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीले लगानी गरेका छ्न।

बाबु श्रेष्ठको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट