सुमन योञ्जनको शब्द र गीता शर्माको स्वरमा ‘ए हावा’ (भिडियो)

काठमाडौं । गीतकार सुमन योञ्जनको नयाँ गीत ‘ए हावा’ सार्वजनिक भएको छ । द भ्वाइस अफ नेपालबाट लोकप्रिय बनेकी गायिका गीता शर्माको सुमधुर स्वरमा रहेको यस गीतमा कमल राई र गीता शर्माकै संगीत अनि देवेश राइको एरेन्ज रहेको छ ।

प्रेमिल भावको गीत ‘ए हावा’को म्युजिक भिडियोमा लोकप्रिय मोडेलहरु गीता ढुंगाना र सागर खनालको अभिनय रहेको छ । पछिल्लो समयका ब्यस्त निर्देशक प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ।

गीतकार योञ्जनको शब्दमा ‘फिदा’, ‘पानी पिउने’, ‘सरु सरु लाग्यो’, ‘कालापानी’, ‘थाहा छैन’ लगायतका म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट