सत्य घटनामा आधारित जोहेब र मिलनको ‘एकदिन’ सार्वजनिक (भिडियो)

काठमाडौं । बैवाहिक जीवनमा जब सम्बन्धमा फाटो आउन थाल्छ तब दुबैले एकअर्कामा आफुले गरेको योगदान र आफु मात्र ठिक भन्ने भावना जागृत हुन थाल्छ र यहि नै सम्बन्ध बिच्छेदको मुल कारण हुन जान्छ भन्ने सन्देशका साथ गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको नयाँ गीत ‘एकदिन’ सार्वजनिक भएको छ ।

जोहेब मानन्धरको नै शब्द, संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन् । हाईटेक इन्टरटेण्टमेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाको जिबन्त अभिनयर हेको छ ।

कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबको नै कथा, कन्सेप्टमा तयार पारिएको हो ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि क्रियाशील गायक जोहेब समय समयमा आफ्ना पृथक बेग्लै गीत लिएर आउने गायकको रुपमा परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट