काठमाडौं । युरोकप २०२४ को दोश्रो सेमिफाइनल खेलमा नेदरल्याण्ड्स इंग्ल्याण्डसँग २-१ गोलले पराजित भयो । यससँगै इंग्ल्याण्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ ।
अब इंग्ल्याण्डले अपराजित स्पेनसँग फाइनल खेल्नेछ । खेल सोमबार मध्यरात १२:४५ मा बर्लिनमा हुनेछ । स्पेनले पनि फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
