गायक रोशन राईको ‘दुई थुङ्गा फूल’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक भएको छ।

राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनित गीतको भिडियोमा बियोगान्त प्रेमकथा देखाइएको छ ।

लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ ।

गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट