युरोकप २०२४ मा पोर्चुगल र फ्रान्सको नतिजा टाइब्रेकरमा सुनिश्चित भयो ।
निर्धारित ९० मिनेटको खेलमा बराबरी खेलेको दुवै टिमले अतिरिक्त समयमा पनि कुनै गोल नगरेको हुनाले टाइब्रेकरमा जानुपरेको थियो ।
टाइब्रेकरमा फ्रान्स ५-३ गोल अन्तरले विजयी भयो । फ्रान्स सेमिफाइनलमा प्रवेश गर्ने दोश्रो टीम बनेको छ । सेमिफाइनलमा फ्रान्सले स्पेनसँग भिडन्त गर्नेछ ।
