इंग्ल्याण्ड र नेदरल्याण्ड्स युरोकपको सेमिफाइनलमा

काठमाडौं । शनिबार राति भएको अन्तिम दुई क्वाटरफाइनल खेलपछि इंग्ल्याण्ड र नेदरल्याण्ड्सले सेमिफाइनलमा प्रवेश पाएको छ ।

१ गोलले पछि परेको नेदरल्याण्ड्सले ७६ औं मिनेटमा अग्रता लियो । नेदरल्याण्ड्स २० वर्षपछि युरोको सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै इंग्ल्याण्ड र स्विटजरल्याण्डको खेल भने पेनाल्टी सुटआउटसम्म पुग्यो । ७५औं मिनेटमा स्विटजरल्याण्डका ब्रिल इम्बोलोले गोल गर्दै अग्रता दिलाए तर उक्त खुशी ५ मिनेट पनि टिकेन ।

इंग्ल्याण्डका बुकायो साकाले ८०औं मिनेटमा गोल गरेर बराबरीमा ल्यायो । अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि पेनाल्टी सुटआउटबाट जीतको टुंगो लाग्यो । पेनाल्टीमा ५–३ गोल अन्तरले इंग्ल्याण्ड विजयी भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट