लगानीमैत्री वातावरण बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, १२ माघ । परराष्ट्रमन्त्री एनपी साउदले लगानीकर्ताहरुका लागि नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित अवार्ड फर एक्सेलेन्स कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले आन्तरिक र बाह्यरुपमा लगानीमैत्री वातावरण बनाउन सके प्रतिफल हात पार्न सकिने बताउनु भएको हो । आर्थिक कूटनीतिलाई बलियो बनाउन सरकारले तीव्रता साथ काम गरिरहेको र विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरु देखिने गरी बुझाउन आवश्यक रहेको मन्त्री साउदको धारणा थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट