नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक एक महिनाभित्र पेस गर्छौं : मन्त्री शक्ति बस्नेत

काठमाडौं, १२ माघ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय स्वच्छ उर्जा दिवस तथा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले अहिले देशमा जलवायु परिवर्तनको प्रभाव नकारात्मक दृष्टिले बढ्दै गइरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न स्वच्छ उर्जा उत्पादन गर्नु आवश्यक रहेको औंल्याउनुभयो । उहाँले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्ने पनि जानकारी दिनुभयो । त्यस्तै मन्त्री बस्नेतले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो भनेर तथ्याङ्कमा आधारित नभइ बर्बादीको मात्र गीत नगाउन आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहेको पनि दाबी गर्नुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट