एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी

नेकपा एमाले मधेश प्रदेश कमिटीको प्रवक्तामा आरती भण्डारी चयन भएकी छन् ।

आइतबार बसेको प्रदेश कमिटीको बैठकले भण्डारीलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो । भण्डारी प्रदेश कमिटीको उपसचिव हुन् ।

यस्तै सङ्गठन विभाग प्रमुखमा चन्देस्वर मण्डल, स्थानीय विकास विभागको प्रमुखमा बिचारी यादब, जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा मनोज पौडेल, आर्थिक विभाग प्रमुख महम्द कैस, पार्टी स्कुल बिभागमा शंकर महत्तो र सहकारी तथा गरिबी निवारण बिभागमा अम्विका चौलागाइलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले जनसंगठन र विभागको प्रमुख तोक्नुका साथै प्रदेश कमिटी सदस्यहरुको कार्य विभाजन गरेको एमाले सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट