कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा

काठमाडौं, २९ फागुन । गीतकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा संगीत येदिन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानको सुधुर आवाज रहेको छ ।

भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका छन् भने छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ ।

भिडियोमा रिचा थापा र सोनी लामाको अभिनय देख्न पाईन्छ ।

उक्त गीतको भिडियोमा आफ्नो सन्तानको रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन् भन्ने यथार्थ वास्तविकता देखाउने प्रयास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट