काठमाडौं । युवा उद्यमी जस श्रेष्ठ ‘एक्जिटो एक्सेलेन्स अवार्ड २०२४’ अवार्डबाट सम्मानित भएका छन् । यात्रा प्लस र एक्जिटो इभेन्टद्वारा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उद्यमी श्रेष्ठले ‘एक्जिटो एक्सेलेन्स अवार्ड’ अन्तर्गतको ‘योङ एचिभर अवार्ड’ पाएका हुन् । जस श्रेष्ठ जेए ग्रुपका कार्यकारी निर्देशक हुन । अवार्ड ग्रहण पश्चात् निर्देशक श्रेष्ठले खुशी व्यक्त गर्दै यस अवार्डले आगामी दिनमा व्यवसायिक क्षेत्रमा थप काम गर्दै जाने उर्जा मिलेको बताए ।
सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सो अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली, शिक्षाविद् भुवनलाल श्रेष्ठ, लेखक महेश शमशेर राणा, पत्रकार सुरेन्द्र पौडेल, पाइलट विजय लामा, अपेनका महासचिव कृष्णकुमार बोहरा, युनिभर्सिटी अफ थ्रि जेनेरेसनका अध्यक्ष डा राजेन्द्र केसी लगायत विभिन्न क्षेत्रका ३० जना भन्दा बढी सम्मानित भएका छन् ।
जेए ग्रुपले वित्त, जलविद्युत र कुषि क्षेत्रमा लगानी विस्तार गरेको छ । त्यसो त ग्रुपले कृषि उत्पादनसँगै नेपाली कृषि सामाग्रीको निर्यातसँगै विश्ववजारमा समेत आफनो उपस्थिती बढाएको छ ।
