काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले देशव्यापी उत्साहजनक शो प्राप्त गरेको छ । बुधबारदेखि फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको छ । क्यूएफएक्सले सुलक्षण भारतीय निर्देशित सोसल (ड्रामा ‘बोक्सीको घर’लाई शुक्रबारका लागि देशभरका चेनमा ५६ शो प्रदान गरेको छ । आईएनआईले १० पर्दामा ३० शो दिएको छ ।
वान सिनेमाजले १० शो दिएको छ भने बिग मुभिज र विश्वज्योतिले ५–५, रञ्जनाले ९ शो दिएका छन् । यो फिल्मले राम्रो शो पाउनुमा ट्रेलर र गीतको हाइपलाई प्रमुख कारण मानिएको छ ।
यसको गीत र ट्रेलर पछिल्लो समय चर्चामा छन् । यसबाहेक नेपाली समाजको वास्तविक घटनाक्रम समेटिएकाले पनि यसको प्रभाव शो वितरणमा परेको देखिन्छ ।
