काठमाडौं, १६ फागुन । मुलुकको राजधानी काठमाडौं जहाँ दिनदिनै नयाँ कार्यहरूको चर्चा हुने गर्दछ । चर्चा हुनु स्वाभाविक पनि हो, किनकि यहाँ हरेक क्षेत्रका जनताको प्रतिनिधित्व हुने गर्दछ । साथै, मुलुक हाँक्ने व्यक्ति तथा संस्थाहरु काठमाडौंमै अस्वस्थित छन् । जहँं सोमबार एउटा यस्तो घटना घट्यो त्यसपछि सबैको ध्यान केन्द्रित त भयौ नै, साथै सरकार र नेपाल प्रहरी पनि क्रूर रुपमा प्रस्तुत भएको छ ।
मिटरव्याज पीडित भनिनेहरु राजधानीकै मुटु मानिने नयाँबानेश्वरमा अवस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवनभित्र प्रवेश गरी नाराजुलुस र सरकारको विरोध प्रदर्शन गरेका छन् । त्यस भवन छिर्नु अगाडिसम्म प्रहरीलाई केहि भनक समेत भएन ।
जब उनीहरूको प्रवेशपछि सरकारका गृहमन्त्रीले तत्काल बैठक समेत आह्वान गरेका थिए र सोमबार बेलुकाबाट नै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा समेत फुटपाथमा हिँड्न रोक लगाइएको थियो । साथै, मंगलबारबाट नेपाल प्रहरीले सिंहदरबार र संघीय संसद भवन नयाँबानेश्वर अगाडिको फुटपाथमा पनि हिँड्न निषेध गरेको छ ।
मिटरव्याज पीडित भनिने समूह सोमबार नयाँबानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।
सिंहदरबारको पर्खालसँगै बानेश्वरको सांसद भवन फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ ।
सिंहदरबार र बानेश्वरका फुटपाथमा पहिलेका दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । जहाँ सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारण सडकबाटै हिँड्न बाध्य छन् । सार्वसाधारण सडकबाटै हिँड्न बाध्य भएपछि सवारीसाधन आवतजावतमा समेत समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको जानकारी दिएको छ ।
सोमबार पीडितहरुको समूह संघीय संसद भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरीको जिम्मेवारी समेत खोसेको छ । यो घटनाको छानबिनका लागि प्रहरीले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति नै गठन गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार साँझ नै सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका थिए । तर सरकारले अहिले जे गरेको छ यसको जनताले विरोध गरेका छन् साथै गणतन्त्र के का लागि भन्ने भाष्य निर्माण भएको छ । त्यसैले सरकारले कहाँ कस्ता समस्या छन् बुझेर तत्काल समाधान गर्नुपर्ने देखिन्छ ।
