बबिनाको स्वर शब्दमा ‘तिम्ले छोडी’ सार्वजनिक

काठमाडौं : संसार भर चर्चित एउटा उक्ति छ, प्रेम र युद्धमा कुनै नियम हुदैन् । यसको अर्थ हर एकल प्रेम र युद्धले आफ्नै शैली अपनाउन र परिभाषा दिन सक्ने छन् । आफुलाई जे सहज हुन्छ त्यो नै प्रेम हो भने झै पनि देखिन्छ । प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । “तिम्ले छोडी” बोलको गीतमा यही प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ । यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ ।

गजलको ढाँचा अवलम्बन गरी गजल कै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डाक्टर देवि पन्थीको तर्क छ । र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ । यही भावमा नेपालकै पहिलो भन्दै बबिनाले गीत सार्वजनिक गरेकी हुन् । बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ । बलराम समालले संगीत सम्योजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ । भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ । भिन्न प्रयोगको बबिना र समुहको यो प्रयासले संगीत क्षेत्रमा सकारात्मकता ल्याउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट