काठमाडौं, पुजा शर्मा अभिनित एक्सन चलचित्र दानबि अहिले देश भरको हलहरुमा लागिरहेको छ, चलचित्रले दर्शकहरुको मिस्रीत प्रतिक्रीया पाईरहेको अवस्थामा आईतवार पुरानो बानेश्वर स्थीत आईप्लेक्स मलको वान सिनेमाजमा चलचित्रको बिशेष शोको आयोजना गरिएको थियो उक्त शो मा नेता, कलाकार, चलचित्रकर्मि तथा विशिष्ट व्यक्तीत्वहरुको उल्लेख्य सहभागिता रहेको थियो उपस्थीत सबैले चलचित्र राम्रो बनेको र पुजाको एक्सनको तारिफ गरेका छन् ।
संचारकर्मिहरुसँग कुरा गर्ने क्रममा राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद लिङ्देनले चलचित्रमा केहि कमजोरी भएपनि सबै कलाकारहरुको काम अब्बल रहेको जानकारी दिए यसैविच चलचित्रको हक हितको लागि हजुरहरुजस्तो नेताले कहिले बोल्ने भन्ने संचारकर्मिको प्रश्नमा उनले हामि सँधै बोलिरहेका छौँ यसलाई राज्यले संरक्षण गर्नुपर्छ तर
चलचित्र विकास बोर्डको अध्यक्ष नै पैसामा बिक्री हुन्छ किनबेचमा हिन्छन् अनि कसरि चलचित्रको विकास हुन्छ भन्ने प्रतिक्रीया दिएका छन् चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा अहिले भुवन केसि रहेका छन् ।
