फिल्म ‘सतीदेवी’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘सतीदेवी’ निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । फिल्म आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ

पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन् । उनका आँखाबाट बलिन्द्र आँसु झरिरहेका छन् । केही अगाडि सार्वजनिक फिल्मको फष्टलुक्समा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरूले लखेटी रहेका थिए, यसमा उनी रुँदै स्तनपान गराइराछिन् ।

फिल्म लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले महिला, दलित र अपहेलितको कथा भन्छ । बाबुछोरीको कथा समेत भन्ने फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको विषय समेत गहिरिएर देखाउने निर्देशक सुवेदी बताउँछन् ।

फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो ।

निर्देशक, निर्माता सुवेदीले ‘सतीदेवी’ आफ्ना स्वर्गवासी आमा–बाको सम्झनामा समर्पित गरेका छन् । फिल्मले सौराहा दक्षिण एसियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट