अर्जुन कुमारको चलचित्र ‘सानो संसार’को छायांकन सुरु

काठमाडौं । चलचित्र सानो संसार शुभ मुहुर्त भएको छ शुक्रबार कमलादी गणेश मन्दिरमा आयोजित समारोहमा शुभसाइत गर्दै फिल्मको छायांकन सुरु भएको जानकारी दिइयो । यो फिल्मलाई चर्चित फिल्म सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् ।

पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्ममा सबैजना नयाँ कलाकार छन् । सिद्धार्थ पुडासैनीले निर्देशन गर्ने यो फिल्ममा सीतादेवी तिमल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटीको शीर्ष भूमिका छ ।

शंकर पाण्डेको निर्माण नियन्त्रण रहने यो फिल्मले सानो परिवारको कथावस्तु पेश गर्ने निर्माता अर्जुन कुमारले बताए । जेठको अन्त्यदेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र आसपासका क्षेत्रमा खिचिनेछ ।

निर्माता अर्जुनले फिल्म स्टारले भन्दा कन्टेन्टले चल्ने भएकाले आफूले नयाँ कलाकारलाई लिएको बताए । ‘स्टारडमको भ्रम कसैलाई नहोस्,’ उनले भने, ‘हिजो मैले फिल्ममा खेलाएका र काम गराएकाहरु लाखौं पारिश्रमिक बुझ्छन् । भोलिको स्टार बनाउन मैले नयाँ कलाकार लिएको हुँ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट