अनु चौधरी र हसन राईको ‘यी आँखालाई’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यी आँखालाई’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डीपी खनालको शब्द-रचना र बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

मुस्ताङ्ग जिल्लाको हिमाली काखको मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ ।

केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ । लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा लागेका गायक हसन राईको यसअघि पनि धेरै गीतहरु सार्वजनिक भैसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट