समाजको विकासमा योगदान पुर्याउने व्यक्तित्व र संस्थालाई एभरेष्ट एक्सिलेन्स अवार्ड

काठमाडौं । राष्ट्रिय आयामका विभिन्न क्षेत्रमार्फत समाजको विकासमा योगदान पुर्याउने ८ जना व्यक्तित्व र दुई संस्थालाई एभरेष्ट एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।

शनिवार एभरेष्ट इभेन्टद्वारा प्रज्ञा भवनमा आयोजित मिस्टर एण्ड मिस एसईई सुपर मोडलको तेस्रो संस्करण समारोह माझ उनीहरुलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

पाचौं संस्करणको उक्त अवार्डबाट सम्मानित हुनेमा बुद्ध एयर, रुटिन अफ नेपाल बन्द, राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं राज्यदैनिकका कार्यकारी सम्पादक सरोज ओझा, नायक धिरेन शाक्य, ग्लोबल अनलाईन पेका सिईओ डेभिल सिंह राजपुत, चरित्र अभिनेत्री हिउँवाला गौतम, चलचित्र प्राविधिक एवं चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन, ब्लु डायमण्डकी संस्थापक एवं सामाजिक अभियन्ता सितल पिँकी गुरुङ र इभेन्ट आयोजक एवं निर्देशकद्धय रवि धमला तथा राजन बुढाथोकी छन ।

उनीहरुलाई एभरेष्ट इभेन्टका सिईओ कृष्ण श्रेष्ठ (रुबिन)ले सम्मान पत्र हस्तान्तरण गरेका थिए । संस्थागततर्फ दिईएको अवार्डमा बुद्ध एयरकातर्फबाट रत्न र रुटिन अफ नेपाल बन्दकातर्फबाट रियाशा दाहालले सम्मान पत्र ग्रहण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट