बजेट सन्तुलित र समय सान्दर्भिक आएको छ : राजस्व सचिव

काठमाडौं । आईबिएन मिडिया एन्ड रिसर्चले आइतबार ललितपुरमा सरकारका प्रतिनिधि, अर्थविद तथा निजीक्षेत्रका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा गरिएको हो ।

कार्यक्रममा राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बजेट सन्तुलित र समय सान्दर्भिक आएको भन्दै यसको कार्यान्वयनका लागि सरोकारवालाको सुझावलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटले मुलुकको आन्तरिक अर्थतन्त्रमा देखिएका राजस्वमा दवाब, माग बढ्न नसक्नु, कर्जा विस्तार हुन नसक्नु, आयात घट्नु जस्ता समस्या सम्बोधन गर्न नसकेको बताउनुभयो । मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिन समस्याको दिर्घकालिन समाधान खोज्नु पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा प्राध्यापक डा रेशम थापाले कार्यपत्र प्रस्तुत गर्नुहुँदै बजेटले आर्थिक वृद्धि रोजगारी र सुशासन प्रवद्र्धन गर्ने स्पष्ट कार्यक्रम ल्याउन नसकेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले बजेटले व्यवसायीलाई मात्र नभएर आम नागरिकलाई समेत समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो । बजेटले अर्थतन्त्रमा देखिएको समस्यालाई सम्बोधन गर्न नसकेको र कार्यान्वयनमा समस्या आउने निजी क्षेत्रको बुझाई रहेको उहाँले उल्लेख गर्नुभयो ।

यसैगरी कार्यक्रममा उपस्थित निजी क्षेत्रको विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बजेट हेर्दा सन्तुलित देखिए पनि अर्थतन्त्र चलायमान बनाउने गरी कुनै रूपान्तरणकारी व्यवस्था नसमेटिएको उल्लेख गरे । व्यवसायीहरु माणिकरत्न शाक्य, पुष्परत्न शाक्य, चिरञ्जीवी अधिकारी लगायतले कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो ।

आइविएन मिडिया एण्ड रिसर्चद्धारा आयोजित उक्त कार्यक्रममा सरकारी, निजी क्षेत्र तथा अर्थविदहरुसहित ४० जनाभन्दा बढीको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट