काठमाडौं, १ फागुन । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
Chest Clinic Of Kathmandu र Abha Home Health Care को संयुक्त आयोजनामा The Modern Gurukul Academy (Sai Sikchhya Sadan) ज्ञानेश्वरमा उक्त शिविर हुने भएको हो ।
बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुने निःशुल्क स्वास्थ्य शिविरमा डा. शंकर प्रताप सिंह, डा. ज्ञान प्रकाश यादव र आर.एन. सर्मिला दुलालसहितको टिमको उपस्थिति रहने छ ।
विद्यार्थी, अभिभावक तथा स्थानीयहरुलाई लक्षित गर्दै उक्त शिविर सञ्चालन हुन लागेको Abha Home Health Care का सञ्चालिका विष्णु तामाङले जानकारी दिनुभयो ।
