काठमाडौं, ११ फागुन । अरेट इन्टरनेशनलले नेपाली बजारमा विद्युतीय सवारी टेस्ला मोडल थ्रीको २०२४ भर्सन सार्वजनिक गरेको छ ।
टेस्ला मोडल थ्रीको २०२४ भर्सनमा पहिलो पटक कूलिंग सहितको भेन्टिलेटर सीट रहेको छ । सीट मेट्रियल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो ।
उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, भरपुर सुरक्षा फिचर जस्ता सुविधा यसमा रहेका छन् । सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय (एनएच टीसीए) बाट ५ स्टारको रेटिङ प्राप्त गरेको छ ।

ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ । यसमा गियर शिफ्टिंग, इण्डिकेतर प्रयोग लगायतका फक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेका छन् ।
नेपालमा मोडल थ्रीको सुरूवाती मूल्य १ करोड ३५ लाख रूपैयाँ रहेको छ ।
