काठमाडौं, २९ माघ । जनजाती नेता आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको तस्विर फुटाइदिने धम्की दिनु भएको छ ।
सोमबार केही युवाहरुका साथमा महासंघको केन्द्रीय कार्यालय संचारग्राम पुग्नुभएका शेर्पाले सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने र उहाँको तस्विर तत्कालै महासंघ अध्यक्षको कार्यकक्षमा झुन्ड्याउन कर्मचारीलाई चेतावनी दिनुभयो ।
उहाँले श्रेष्ठको तस्विर संस्थापक अध्यक्ष भट्टराईसँगै नझुण्ड्याए आफूहरुले कार्यकक्षमै पसेर भट्टराईको तस्विर फालिदिने धम्की दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूको जीवनीमा आधारित पुस्तक अग्र अनुहार आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको विरोधकाबीच आइतबार विमोचन गरिएको थियो । सो क्रममा फोनिजका पदाधिकारीहरुले पुस्तक च्यातेर उग्र हर्कत देखाएका थिए ।
