विश्व बजारमा चीनले ल्यायो रोबोट भ्याकुम क्लिनर

काठमाडौँ । चीनले विश्व बजारमा रोबोट भ्याकुम क्लिनर ल्याएको छ । चीनले उत्पादन गरेका यस्ता रोबोटिक भ्याकुम क्लिनरहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार पश्चिमी युरोपमा बिक्री हुने कुल रोबोट भ्याकुममध्ये करिब ६० प्रतिशत हिस्सा चीनियाँ ब्रान्डको रहेको छ । सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा यो प्रवृत्ति अझ बलियो देखिएको हो ।

जर्मनीको बर्लिनस्थित एक इलेक्ट्रोनिक्स रिटेल स्टोरमा रोबोरक र ड्रिमे जस्ता चिनियाँ ब्रान्डका विभिन्न मूल्यका रोबोट क्लीनर उत्पादनहरू सहजै उपलब्ध छन् । स्थानीय उपभोक्ताहरूले प्रविधि र नवप्रवर्तनको मामिलामा चिनियाँ उपभोक्ता इलेक्ट्रोनिक्स अग्रणी स्थानमा रहेको बताएका छन् ।

ग्राहकहरूका अनुसार उचित मूल्य, उच्च गुणस्तर र छिटो बजारमा ल्याइने नयाँ प्रविधिले चीनियाँ ब्रान्डलाई लोकप्रिय बनाएको हो । युरोपेली ब्रान्डहरू अपेक्षाकृत कम नवप्रवर्तनशील देखिएको भन्दै धेरै उपभोक्ता चीनियाँ प्रविधितर्फ आकर्षित हुँदै गएका छन् ।

बजार अनुसन्धान संस्था इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार रोबोट भ्याकुम उद्योगको सबैभन्दा ठूलो खेलाडी रोबोरक हो । कम्पनीको सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा आम्दानी करिब ७९ प्रतिशतले वृद्धि भएको छ । यसमध्ये ५० प्रतिशतभन्दा बढी आम्दानी अन्तर्राष्ट्रिय बजारबाट आएको जनाइएको छ ।

रोबोरकका अध्यक्ष क्वान गाङका अनुसार सन् २०२५ मा कम्पनीले विश्वभर ७२ लाखभन्दा बढी युनिट रोबोट भ्याकुम बिक्री गरेको छ । कम्पनीका उत्पादनहरू हाल १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् भने विश्वभर २ करोडभन्दा बढी घरपरिवारले यसको प्रयोग गरिरहेका छन् ।

आईडीसीकै तथ्यांकअनुसार गत वर्षको पहिलो तीन त्रैमासिक अवधिमा विश्वभर १ करोड ७० लाखभन्दा बढी स्मार्ट रोबोट भ्याकुम पठाइएका छन् । यो अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतले वृद्धि भएको हो । सीसीटीभी

सम्बन्धित समाचार

ताजा पोष्ट