नयाँ ग्यालेक्सी एस–२४ सिरिज अब नेपालमा, श्रृङ्खलाले गरिन् अनावरण

काठमाडौं, १४ माघ । नेपालमा नयाँ ग्यालेक्सी एस–२४ सिरिज सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबीच यो सिरिज सार्वजनिक गरीएको हो ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले सो सिरिजको अनावरण गरेका हुन्। कम्पनीले यो सिरिजलाई ‘मोबाइल एआई’को नयाँ युगको औपचारिक घोषणा भएको जनाएको छ ।

यस फोनलाई भविष्यको फोनको रुपमा ब्याख्या गर्दै कम्पनीका निर्देशक प्रणय रत्न स्थापितले पहिलो पटक एआई सञ्चालिन फोन सार्वजनिक भएको बताए ।पछिल्लो समय एआईलाई जीवनमा ल्याउन चाहने सबै यो अनुभवबाट प्रभावित भएको कम्पनीको दाबी छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट