कोशी प्रदेशको लगातार पाँचौं हार

काठमाडाैं, ५ माघ । प्रधानमन्त्री कप २०२४ अन्तर्गत कोशी प्रदेशले लगातार पाँचौ हार बेहोरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कोशीलाई ६४ रनले हराएको हो ।

ओपनर आशुतोष घिरैयाको शतकको मदतमा बागमतीले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४७.१ ओभरमा ओभरमा अलआउट हुँदै २ सय ९ रन मात्र जोड्न सक्यो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गरेपनि अन्य ब्याटरले त्यसअनुसार योगदान दिन सकेनन् । यता बागमतीका लागि इशान पाण्डेले ५ विकेट लिँदै जितको आधार तय गरे ।

यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा बागमतीको ३ जित र २ हारसँगै ६ अंक छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट