न्यायका लागि देशैभरिबाट #JusticeForKhagendra को नारा

गंगादेव गाउँपालिकाको फुलबासमा भएको हिंसक आक्रमणको घटना यतिबेला डढेलो जस्तै फैलिएको छ। बालक खगेन्द्र विकमाथि भएको प्रहार र गोपाल विकको गम्भीर अवस्थालाई लिएर अधिकारकर्मी, कलाकार र सर्वसाधारणले सामाजिक सञ्जालमा #JusticeForKhagendra#JusticeForGopal भन्दै अभियान सुरु गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लेखेका छन् –  यो केवल एउटा व्यक्तिमाथिको आक्रमण होइन, सिंगो मानवता र कानुनी राज्यमाथिको प्रहार हो।” सयौँले घाइते गोपाल विकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको साहसको प्रशंसा गरेका छन् भने स्थानीय प्रशासनलाई खुट्टा नकमाई अपराधीलाई ठेगान लगाउन चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

ताजा पोष्ट