हिमतालमा बनेको अस्थायी बाँध फुट्ने जोखिम : तटीय क्षेत्र र उद्धार टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । माथिल्लो क्षेत्रमा फुटेको भनिएको हिमतालमा अझै पानी थुनिएर बनेको करिब ७ मिटर अग्लो प्राकृतिक बाँध (ड्याम) जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार चिनियाँ पक्षले उपलब्ध गराएको पछिल्लो सूचनाका आधारमा नदी तटीय क्षेत्रमा पुनः बाढी आउने खतरा उच्च रहेको जनाइएको हो।

हिमताल फुटेको स्थानमा थुनिएर बनेको ड्याम फुटेमा नदीमा बहाव अचानक तीव्र भई तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिइएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले नदी आसपासका बासिन्दा तथा राहत र उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी एवं टोलीहरूलाई तत्काल सुरक्षित रहन र विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र पूर्वसूचना प्रणाली तथा स्थानीय प्रशासनको सम्पर्कमा रहन अपिल गरेको छ।

सम्बन्धित समाचार

ताजा पोष्ट