फुल्चोकी जंगलमा हराउने क्रम बढ्दो

ललितपुरको पर्यटकीय क्षेत्र फुल्चोकी घुम्न जाने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि निकै महत्त्वपूर्ण छ। घना जंगल, अपरिचित गोरेटो बाटो, मोबाइल नेटवर्कको समस्या र छिनछिनमा बदलिने मौसमका कारण यहाँ सर्वसाधारण र विद्यार्थीहरू हराउने घटना बढेको छ।

उपमेयर मुना अधिकारी र जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, धेरैजसो मानिसहरू फर्कने क्रममा सर्टकट बाटो खोज्दा जङ्गलमा अलपत्र पर्ने गरेका छन्।

 यी कुराहरू सधैँ याद राखौँ:

१. एक्लै नजानुहोस्, सधैँ समूहमा यात्रा गर्नुहोस्।

२. स्थापित मुख्य बाटो मात्र प्रयोग गर्नुहोस्, जथाभाबी सर्टकट नलिनुहोस्।

३. पर्याप्त पानी, खानेकुरा र ब्याकअपसहितको मोबाइल बोक्नुहोस्।

४. घरबाट निस्कनुअघि परिवारलाई जानकारी दिनुहोस्।

तपाईंको सुरक्षा तपाईंको आफ्नै हातमा छ।

सम्बन्धित समाचार

ताजा पोष्ट