ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा आज अधिकारीको बयान लिइँदैछ।
उनलाई शनिबार राति मात्रै काठमाडौँ ल्याइएको थियो। अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीको गम्भीर मुद्दा दायर भएको छ।
एक व्यवसायीको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरेको छ। यस मुद्दामा तुलसा सहित १० जनालाई प्रतिवादी बनाइएको छ।
