काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।
यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
