काठमाडौँका थापाथली, शंखमूल र शान्तिनगर लगायतका सुकुम्वासी बस्तीमा यतिबेला डोजरको त्रास र जनताको आक्रोश उस्तै छ। सरकारले बस्ती खाली गराउन माइकिङ गरेपछि स्थानीयहरू ‘डोजर आतंक बन्द गर’ भन्दै सडकमा उत्रिएका छन्। विशेषगरी, चुनावअघि सुकुम्वासीका लागि “छाती थाप्छु” भन्ने रवि लामिछाने अहिले सत्तामा पुगेपछि मौन बसेको भन्दै युवाहरूले उनलाई मैदानमा आउन चुनौती दिएका छन्।
कतिपयले सामान सारिरहेका छन् भने कतिपय ज्यान दिएर बस्ती बचाउने अडानमा छन्, जसले काठमाडौँको सुरक्षा स्थिति निकै तनावपूर्ण बनाएको छ।
