काठमाडौं । बिहीबार देशभर माघे सङ्क्रान्ति तथा माघी पर्व उल्लासपूर्वक मनाइएको छ। यस अवसरमा राजधानीको टुँडिखेलमा पनि विभिन्न जातजाति र समुदायको सहभागितामा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्।
कार्यक्रममा सुशीला कार्की, मन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सांस्कृतिक नाचगान, परम्परागत भेषभूषा र मौलिक खानाका माध्यमबाट माघी पर्वको महत्व झल्काइएको थियो।
टुँडिखेलमा भेला भएका दर्शकहरूले माघी पर्वको सांस्कृतिक विविधता नजिकबाट अवलोकन गर्दै उत्सवको आनन्द लिएका थिए।


