चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन् ।

मंगलबार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक
, २०८१ मा सरोकारवालासँगको छलफलमा उनले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताए ।

उनले भने, ‘सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन् । सरकार स्पष्ट छ । एकदमै स्पष्ट छ । त्यही भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सैद्धान्तिक छलफलमा सहभागि भएका हौं र दफावार छलफलको लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुदैँन् भनेको छैन् । प्रक्रिया अगाडि बढ्नु भनेको अलमलमा हुनु होइन् ।’

यस्तै, उनले चलचित्र सम्बन्धी विधेयकमा छलफल अझै पूर्ण नभएको जस्तो लागेपनि समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल तय भएको भन्दै छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर भएको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनको जगमा सरकार बनेको छ । म सञ्चारमन्त्री भएको दुई महिना मात्र भएको छ । चलचित्र सम्बन्धी विधेयक छलफलको क्रममा छ । मेरो आफ्नै अनुरोधमा समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल भएको हो । आजको यो छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर तय भएको हो ।’

चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भन्ने वित्तिकै यसमा व्यापक परिमार्जन गर्न सक्ने भन्दै यो कुरामा सबै स्पष्ट हुनुपर्ने पनि उनको भनाई छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट