धादिङको धुनिवेशी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न वडामा वडा कार्यसमिती गठन गरेको छ । रास्वपाले वडा भेला मार्फत धुनिवेशीको वडा नम्बर १, ३, ४ र ७ मा वडा कार्यसमिती गठन गरेको हो ।
वडा नम्बर १ मा शिव कुमार कुँवरको सभापतित्वमा गठन भएको समितीको उपसभापतिमा विवस तामाङ, सचिवमा रवि श्रेष्ठ र सदस्यहरुमा अशोक बास्कोटा, धनकुमार तामाङ, भुवन सुनार, अशोक श्रेष्ठ र रामकुमार श्रेष्ठ चयन भएका छन् । यस्तै वडा नम्बर ३ मा प्रविन सापकोटा समितीको सभापतिमा चयन भएका छन् भने उपसभापतिमा नारायण बस्नेत, सचिवमा श्यामचन्द्र पौडेल र सदस्यहरुमा राजन रेग्मी दिपक बस्नेत, प्रदिप पाण्डे, विनोद सापकोटा र विश्वनाथ धिताल चयन भएका छन् । यसैगरी वडा नम्बर ४ मा नमराज मल्ल ठकुरी समितीको सभापतिमा चयन भएका छन् । समितीको उपसभापतिमा अन्जु खड्का, सचिवमा राजेन्द्र सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा शसि मल्ल ठकुरी, रेशम मिजार, सुन्दर बयलकोटी र सँजिव सुनार चयन भएका छन् । यस्तै वडा नम्बर ७ मा शिवकुमार उप्रेती सभापतीका चयन भएका छन् भने उपाध्यक्षमा साजन भट्टराई र सचिवमा ईश्वरराज भट्ट चयन भएका छन् । रास्वपाले अन्य वडामा पनि समिती गठनको कार्यलाई निरन्तरता दिने बताएको छ ।